वेवारिसे शव व्यवस्थापन केन्द्र खोलिने


नेपालन्युज
शुक्रबार , २५ भाद्र , २०७८

प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभाग अन्तर्ग पहिचान नभएको तथा वेवारिसे शव सूचना संकलन र व्यवस्थापन केन्द्र खोलिने भएको छ। सो केद्रले पहिचान नभएका तथा वेवारिसे शवबाट प्राप्त भौतिक सवबुत परीक्षण गर्ने वा गर्न लगाउने, वैज्ञानिक अभिलेख, भेटिएको फोटो सहितको विवरण सार्वजनिक गरी हकवाला वा आफन्त पहिचान हुन सकेमा सम्बन्धित आफन्तलाई हस्तान्तरण गर्नेछ।

पहिचान नभएका तथा वेवारिसे शवको व्यवस्थापन गर्न स्थानीय तह तथा सम्बन्धि निकायसंग समन्वयका लागि आवश्यक सहजीकरण गर्ने काम पनि सो केन्द्रले गर्नेछ।

आफ्ना आफन्त हराएको भनि प्राप्त सूचनालाई केन्द्रसंग रहेको शवको विवरणसंग भिडाई विज्ञद्वारा आवश्यक परीक्षण गराई शवको पहिचान गरी शव हस्तान्तरण गर्ने तथा अन्त्येष्टि भईसकेको भए त्यसको विवरण उपलब्ध गराउने काम पनि केन्द्रले गर्ने भएको छ।

सिकाई प्रयोजनका लागि शिक्षण अस्पताललाई हस्तान्तरण गरिएको शब सिकाई कार्य सम्पन्न भए पश्चात सम्बन्धि शिक्षण संस्थाले अन्त्येष्टि गर्नु पर्ने व्यवस्था गरिएको छ।

 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal