नेपाल इकोनोमिक्स ओलम्पियाडको क्षेत्रीय प्रतियोगिता २०२१ जनवरि ९ मा हुने भएको छ। ओलम्पियाडको दोर्स्रो संस्करण अनलाइन माध्यमबाट हुने भएको हो ।
सन्तोष शाह लिडरसिप एकेडेमीका अध्यक्ष हुन्। लामो समयदेखि कृषि क्षेत्रमा अनुसन्धान गरिरहेका उनी हाल ग्रामीण युवा तथा कृषि परीक्षकका रुपमा काम गरिरहेका छन्।
सानीभेरी गाउँपालिका –४ रुकुमका चन्द्र बिसीले दाङ आएर फरक व्यवसाय शुरु गरेका छन् । उनले घोराही उपमहानगरपालिका –१७ गैरागाउँमा एक बिघा जमीन वार्षिक रु ५० हजार भाडा दिने शर्तमा दश वर्षलाई लिएर टर्की पालन व्यवसाय आठ महिनाअघिदेखि सञ्चालन गरेका हुन्।
बागलुङको जैमिनी नगरपालिका वडा नं २ दमेककी तुलसी सापकोटा अर्बुद रोग पीडित हुनुहुन्छ । लामो समयदेखि उपचार गराइरहनुभएका उहाँलाई आर्थिक अभाव भएको छ ।
विभिन्न सरकारी निकायबाट सञ्चालन भइरहेका युवाको व्यावसायिक सीप विकाससम्बन्धी तालीम एकद्वार प्रणालीमा लैजाने सहमति भएको छ । युवाका क्षेत्रका काम गर्ने विभिन्न सरकारी निकायले दिने तालीम प्रभावकारी नभएको भन्दै एकद्वार प्रणाली अपनाउने सहमति गरेका छन् ।