नेपाल इकोनोमिक्स ओलम्पियाडको क्षेत्रीय प्रतियोगिता २०२१ जनवरि ९ मा हुने भएको छ। ओलम्पियाडको दोर्स्रो संस्करण अनलाइन माध्यमबाट हुने भएको हो ।
प्रतियोगितामा सहभागि विद्यार्थीलाई घरबाटै इन्टरनेटको माध्यमबाट प्रतियोगितामा भाग लिन सक्ने व्यवस्था गरेको संस्थाकी सुचना प्रमुख सुप्रिया महर्जन सापकोटाले जानकारी दिए ।
प्रतियोगितामा माध्यमिक विद्यालयमा अर्थशास्त्र, बित्तिय र व्यवस्थापन अध्यनरत र यसमा रुचि राख्ने विद्यार्थीहरूका लागि नेपाल कै सबैभन्दा ठूलो प्रतिस्पर्धा भएको आयोजक संस्थाका
अध्यक्ष अर्जुन सापकोटाले जानकारी दिए । नेपाल इकोनोमिक्स ओलम्पियाड २०२१ मा सातै प्रदेशबाट, ३ सय बढी विद्यार्थीहरुले, ५० भन्दा बढी संस्थाको प्रतिनिधित्व गर्दै भाग लिने अनुमान छ । प्रतियोगितामा सहभागीले छात्रवृत्ति लगायतका अन्य अवसर पाउने छन् ।
अर्थशास्त्र क्षेत्रमा असाधारण प्रतिभासाली विद्यार्थीहरुको खोजी गर्नु र उनिहरुको उज्ज्वल भविस्य निर्माणमा सहायता पुर्याउनु प्रतियोगिताको उदेश्य रहेको जनाएको छ । विद्यार्थीहरूले आफ्नो तार्किक बौद्धिक र आलोचनात्मक क्षमता वृद्धि गर्ने गरी यस प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछ्न।
यो प्रतियोगिता नेपाल २०१९ बाट अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाडमा सहभागी हुदै आएको छ । २०१९ मा प्रथम पटक सहभागी भएर एक कांस्य पदक हात पारेको नेपालले २०२० मा २ ओटा कांस्य पदक हात परेको थियो। अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाडमा २०२१ लाट्भिया विश्वविद्यालयले आयोजना गर्ने छ।