मनोज कुमार मण्डल
मंगलवार , २८ पुष , २०७७

आमाको महानता [कविता]

मनोज कुमार मण्डल

आमाभन्दा ठूलो संसारमा रैनछ कोही 

आमा विनाको जीवन खै कस्तो हो खै 

आमा साथ त्यसको कुनै मूल्य नै छैन

आमाले कुरै काट्दा पनि लाग्दो रहेछ चैन


कुनै पनि खुसी आमाकै साथमा पाइने  

आमाबाट पर हुँदा त कति कष्ट खाइने 

घरमा आमाले सबै जुटाउने कति हो कति खुवाउने  

घर छोडी टाढा आएपछि त सबै पाएँ मैले रूवाउने

घरमा बिरामी हुँदा आमाले पानी दिए पनि औषधि 

शहरमा अस्पताल धाउँदा पनि जताततै दुर्गति 


गाँउमा कहिल्यै भोको भइनँ आमा तिम्रो प्रतापले

शहर आएपछि कति रात निदाउ नै सकिनँ भोकको तापले

भारदह, सप्तरी


थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal