गण्डकी: प्रदेशन्युज

गण्डकी प्रदेश सभाको बैठक बस्दै

मंगलवार , २९ भाद्र , २०७८

गण्डकी प्रदेश सभा बैठक आज बस्दैछ । बजेटप्रति असहमति भएपछि लामाे समयदेखि बैठक बस्न सकेको थिएन । पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारले ल्याएको बजेटका क्रमागत योजना काटिएको, अघिल्लो सरकारका महत्वपूर्ण योजनालाई कम प्राथमिकतामा नराखिएको लगायतको विमति राख्दै त्यो नसच्याएसम्म फेरि बैठक चल्न नदिने एमालेले अडान लिँदै आएको थियो ।

आार्थिक क्रान्तिका लागि युवाको भूमिका महत्वपूर्ण : मन्त्री बराल

बुधबार , ०९ भाद्र , २०७८

गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल (जीवन) ले मुलुकमा आर्थिक क्रान्ति गर्नका लागि युवा सङ्गठित हुनुपर्ने बताएका छन् । योङ कम्युनिष्ट लिग (वाइसिएल) पोखरा– २२ को भेलामा उनले उत्पादनसँग युवालाई जोडिनुपर्ने आवश्यकता औंल्याए ।

पुनः निषेधाज्ञा आदेश जारी

मंगलवार , ०१ भाद्र , २०७८

 तनहुँमा पुनः निषेधाज्ञा आदेश जारी गरिएको छ ।

औद्यागिक तथा पर्यटन क्षेत्रका छ हजार ७०० व्यवसायीलाई खोप

आईतवार , ३१ श्रावण , २०७८

पोखरामा औद्यागिक तथा पर्यटन क्षेत्रका छ हजार ७०० उद्योगी तथा व्यवसायीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ । 

प्रदेश खेलकूद परिषद्का उपाध्यक्षमा गुरुङ

बिहीबार , २८ श्रावण , २०७८

गण्डकी प्रदेश खेलकूद परिषद्का उपाध्यक्षमा जिल्ला बाँस्केटबल सङ्घका अध्यक्षसमेत रहनुभएका ध्वजकुमार गुरुङ नियुक्त भएका छन् । 

'शहीद र बेपत्ताले देखेको सपना पूरा गर्नुपर्दछ'

बिहीबार , २१ श्रावण , २०७८

गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले शहीद र बेपत्ताले देखेको सपना पूरा गर्नु सबैको दायित्व भएको बताएका छन् ।

‘गण्डकीमा कृषि तथा वन पर्यटनको सम्भावना’

आईतवार , १७ श्रावण , २०७८

पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेल र भूमि व्यवस्था, कृषि, सहकारी तथा गरीबी निवारणमन्त्री चन्द्रबहादुर बुढा मगरले गण्डकी प्रदेशमा कृषि तथा वन पर्यटन (एग्रो र फरेष्ट टुरिज्म) को प्रशस्त सम्भावना रहेकोले सरकारले त्यसको विकासका लागि काम गर्ने बताएका छन् । 

पत्रकारलाई धम्की दिनेलाई कारवाहीको माग

आईतवार , १७ श्रावण , २०७८

समाचार लेखेको आधारमा गण्डक न्यूज डटकमका सम्पादक रञ्जन अधिकारीलाई धम्की दिएकोप्रति पत्रकारिता क्षेत्रसँग सम्बद्ध विभिन्न सङ्घसंस्थाले आपत्ति जनाएका छन् । 

धार्मिक पर्यटन प्रवद्र्धनमा मुख्यमन्त्री पोखरेलको जोड

मंगलवार , १२ श्रावण , २०७८

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशमा धार्मिक पर्यटनको सम्भावना अत्यधिक भएको बताउँदै यसको प्रवद्र्धन गरिनुपर्नेमा जोड दिनुभएको छ ।

बाढी प्रभावित क्षेत्रको निरीक्षण

आईतवार , १० श्रावण , २०७८

गण्डकी प्रदेशका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्काले आज पोखरा महानगरपालिका– ३२ का विभिन्न बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् ।





नेपालन्युज स्पेशल

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal