बजारमा खर्बुजाको सिजन सुरु भएको छ।

गर्मी बढेसँगै बजारमा खर्बुजाको कारोबार पनि बढेको छ।

नेपाली बजारमा अहिले भारतबाट आयात भएका खर्बुजा बिक्री भइरहेका छन्।

काठमाडौँको कुलेश्वरमा रहेको फलफूलको थोक बजारमा अहिले प्रतिकिलो ४० देखि ४५ रुपैयाँमा खर्बुजा बिक्री भइरहेको छ।

व्यवसायीका अनुसार बजारमा नेपाली खर्बुजा आउन अझै केही दिन लाग्नेछ।

नेपाली खर्बुजा बजारमा आएपछि यसको मूल्य अझै सस्तो हुनेछ।