खाना पकाउने एलपी ग्यासको अभाव बढेसँगै उपभोक्ताहरू विद्युतीय चुलोतर्फ आकर्षित हुन थालेका छन्।

भन्सार विभागका अनुसार यो वर्ष साउनदेखि फागुन मसान्तसम्म नेपालमा करिब डेढ लाख विद्युतीय चुलो आयात भएको छ।

यीमध्ये सबैभन्दा बढी माग इन्डक्सन चुलोको छ।

आठ महिनाको अवधिमा आयात भएका चुलोको कुल मूल्य करिब ३० करोड रुपैँया छ।

अहिले इन्डक्सन र इन्फ्रारेड चुलोको माग ५० देखि ७० प्रतिशत बढेको व्यपारीहरू बताउँछन्।