✕
दसैँ लागेसँगै अहिले बजारमा चहलपहल बढेको छ
सपिङ सेन्टरदेखि, पसल कवल र फुटपाथसम्ममा लुगाफाटो किन्नेहरू बढेका छन्
ललितपुरको लगनखेल क्षेत्रको यो दृश्यले पनि दसैँको किनमेललाई प्रस्ट देखाइरहेको छ
नेपालीहरूको महान चाड दसैँमा नयाँ लुगा लगाउने, मीठोमसिनो खाने त परम्परा नै हो
भनिन्छ अरूबेला सिथिल भए पनि दसैँको बेला चाहिँ अर्थतन्त्रमा पनि उभार आउँछ
लत्ताकपडा र सवारी साधनको वार्षिक कारोबारको ४० प्रतिशतजति त दसैँमा मात्र हुने व्यवसायीको आकलन छ
दसैँमा कर्मचारीले पाउने ‘बोनस’ ले पनि क्रयशक्ति अन्य समयको तुलना बढी हुने अर्थशास्त्रीहरू बताउँछन्