इरान अमेरिका युद्धका कारण पेट्रोलियम पदार्थ र ग्यासको विश्वव्यापी अभाव देखिन थालेको छ।
भारतमा ग्यासको अभाव बढ्न थालेपछि नेपालमा पनि यसको प्रभाव देखिन थालेको छ।
बजारमा ग्यास अभाव भएको गुनासो आएपछि निगमले विभिन्न डिपोबाट ग्यास बिक्रि वितरण सुरु गरेको थियो।
बालाजु औद्योगिक क्षेत्र भित्रको नेपाल ग्यास उद्योगको वितरण कक्षमा ग्यास लिनको लागि सयौँको लाइन देखिएको छ।
नियमित रूपमा मागअनुसार ग्यास आयात र वितरण भइरहे पनि पछिल्ला दुई/तीन महिनादेखि ग्यासको माग असामान्य रूपमा बढेको निगमले जनाएको छ।
निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार मध्यपूर्व क्षेत्रमा भइरहेको युद्धका कारण पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्तिमा विश्वव्यापी असर परेको छ।
निगमले आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित बनाउन शुक्रबारदेखि अस्थायी रूपमा ७.१ केजी ग्यास भरेर प्रतिसिलिन्डर ९५५ रुपैयाँमा बिक्री गर्ने निर्णय गरेको छ।