हनुमानढोका दरबार क्षेत्रस्थित कालभैरवको मूर्तिअगाडि इन्द्रध्वजोत्थान गरिएको छ।

भाद्र शुक्ल द्वितीयाको राति भक्तपुरस्थित चित्तपोल सामुदायिक वनमा काटिएको सल्लाको रुख त्यसको भोलिपल्ट घिसार्दै भोटाहिटीमा ल्याई राखिएको थियो।

त्यही लिङ्गोलाई आज बाँस, डोरीलगायतको सहायताले उठाइएको अर्थात् इन्द्रध्वजोत्थान गरिएको हो।

इन्द्रध्वजोत्थान गरेपछि भाद्र शुक्ल चतुर्दशी अर्थात् अनन्त चतुर्दशीका दिन शनिबार राष्ट्रपति रामचन्द्र पौडेलसहित विशिष्ट व्यक्तित्वको उपस्थितिमा श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको यात्रा गराइन्छ।

उक्त दिन इन्द्रजात्राको मुख्य दिन हो।

इन्द्रजात्राका अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने प्रचलनसमेत रही आएको छ।