जेन-जी आन्दोलनका क्रममा सबैतर्फका ७४ जनाले ज्यान गुमाए

मृतकहरूलाई अन्तरिम सरकारले सहिद घोषणा गरिसकेको छ भने घाइतेको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ

असोज १ गते सरकारले शोक दिवस पनि घोषणा गरेको थियो

शोक दिवसमा नागरिक स्तरबाट धेरैले दीप प्रज्वलन गरेर जेन-जी सहिदहरूलाई सम्झिए

काठमाडौंको नयाँ बानेश्वर र माइतीघर क्षेत्रमा दीप प्रज्वलन गरिएको थियो

जेन-जी अर्थात् नवयुवाहरूले भ्रष्टाचार र करको दुरुपयोग गरी विलासी जीवन बिताउने प्रवृत्तिको विरुद्धमा भदौ २३ गते आन्दोलन गरेका थिए

सरकारको दमनको प्रतिकारस्वरूप भोलिपल्ट पनि आन्दोलन भयो, जसले हिंसात्मक रूप लियो।