कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पारापिट जडानको काम सकिएको छ।

१० हजार सिट क्षमताको पारापिट निर्माणका लागि बीकेओआई केसीडीसी बीजीको जोइन्ट भेन्चरले ठेक्का पाएको थियो

पारापिट बनाउन ४९ करोड २५ लाख रुपैयाँमा ठेक्का लागेकोमा ठेक्का रकमको ३ करोड कम बजेटमै आयोजना सम्पन्न भएको छ

फ्लडलाइट जडानका लागि विशन ईश्वरी जेभीले ४७ करोड ३७ लाख रुपैयाँमा ठेक्का पारेको थियो

गत जेठमै ६ वटा फ्लडलाइट राख्न जग निर्माण गरिसकेको थियो

दुईवटा पोलका सामान मात्रै आएको छ भने बाँकी ४ पोलको सामान अझै बाटोमै रोकिएको निर्माण कम्पनीले जनाएको छ।

पोल ठड्याएर लाइट जडान गरेपछि ९५ प्रतिशत काम सकिने छ

बाँकी ५ प्रतिशत भनेको चाहिँ लाइट परीक्षणको हुनेछ