एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
काठमाडौँ। नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोलीले पक्राउ गरेको छ। प्रहरीका अनुसार पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेललाई सोमबार साँझ करिब साढे ५ बजे सुर्खेतबाट नियन्त्रणमा लिइएको हो। उनलाई काठमाडौँ ल्याउने तयारी भइरहेको छ। पार्टीका कामका सिलसिलामा सुर्खेत पुगेका बेला उनलाई पक्राउ गरिएको बताइएको छ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed