काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२ भाद्र २०८२
अ+
अ-

काठमाडौं । अस्ट्रेलियामा जारी टप एन्ड टी ट्वेन्टी प्रतियोगितामा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । आज सम्पन्न मेलवर्न स्टार्स एकेडेमीविरुद्धको खेलमा नेपाल ३१ रनले पराजित भएको हो ।

टस जितेर पहिले ब्याटिङ रोजेको मेलवर्नले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७५ रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै १४४ रन मात्र बनाउन सक्यो । नेपालका लागि आशिफ शेखले सर्वाधिक ५३ रन बनाए भने बलिङतर्फ सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए ।

हालसम्म आफ्ना तीनमध्ये तीनै खेलमा हार बेहोरेको नेपाल अंकतालिकामा पुछारबाट दोस्रोमा छ ।