काठमाडौँ
००:००:००
२२ मंसिर २०८२, सोमबार

नेपाल न्युजको पत्रकार आचारसंहिता

नेपालको पहिलो अनलाइन समाचार पोर्टल नेपाल न्युज जिम्मेवार पत्रकारिताका लागि प्रतिबद्ध छ। सही र तथ्यपरक सूचना, पारदर्शिता, निष्पक्षता र सम्पादकीय स्वतन्त्रता हाम्रा आधारस्तम्भ हुन्।

हामी देशको स्वाधीनता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतामा आँच आउने कुनै कार्य गर्ने छैनौं । सामाजिक, सांस्कृतिक र धार्मिक सद्​भाव कायम राख्न सधैं सजग हुने छौं। जातीय, लैंगिक जस्ता कुनै पनि किसिमको भेदभाव हुने छैन। हिंसालाई प्रश्रय दिँदैनौं।

व्यक्तिको गोपनीयता र सर्वसाधारणको सूचनाको हकबीच सन्तुलन कायम राख्दै नैतिकवान पत्रकारिताको अभ्यास गर्ने छौं । हामीबाट पेशागत मर्यादा उल्लंघन हुने छैन।

हामी राज्य सञ्चालकलाई खबरदारी र राज्यको पहरेदारी मात्र गर्ने छैनौं, आफ्नो पत्रकारिताकै स्वनियमन, नियमित र निरन्तर आत्मसमीक्षा पनि गर्नेछौं।

हामी ‘पत्रकार आचारसंहिता (पहिलो संशोधन २०७६), २०७३’ प्रति पूर्ण पालना गर्नेछौं।

नेपाल न्युजका पत्रकारले पालना गर्ने आचरण

– सत्य र निष्पक्षता : हामी सधैं सत्य सम्प्रेषण गर्नेछौं र निष्पक्ष हुनेछौं।

– गल्ती सुधार : भुलवस गल्ती भएमा तुरुन्त सच्याइने छ।

– दबाबबाट मुक्त : घूस, प्रलोभन वा दबाबमा मुक्त रहनेछौं ।

– भेदभाव निषेध : घृणा, पूर्वाग्रह, द्वेषपूर्ण र भेदभाव फैलाउने सामग्री पूर्णतः निषेध गर्नेछौं ।

– हिंसात्मक सामग्री निरुत्साहन : हिंसात्मक वा डरलाग्दो सामग्री केवल जनहितमा र आवश्यक भए मात्र प्रकाशन गरिनेछ।

– परिचय नखुलाउने : बलात्कारपीडित लगायतको पहिचान नखुलाउने। नाबालकको हकमा अभिभावकको अनुमति लिनपर्नेछ।

 

नेपाल न्युज: गोपनीयता नीति

नेपाल न्युज प्रयोगकर्ताको गोपनीयताप्रति पूर्ण प्रतिबद्ध छ। यो गोपनीयता नीतिले हामी तपाईंको व्यक्तिगत जानकारी कसरी संकलन, प्रयोग र संरक्षण गर्छौं भन्ने स्पष्ट पार्छ।=

हामी निम्न जानकारी संकलन गर्न सक्छौं:

– गैरव्यक्तिगत जानकारी : ब्राउजर प्रकार, इन्टरनेट प्रोटोकल ठेगाना, डिभाइस पहिचान र वेबसाइट प्रयोगको तथ्याङ्क (कुकिज र एनालिटिक्समार्फत) संकलन गर्न सक्नेछौं।

हामी तपाईंको सहमतिबिना संवेदनशील व्यक्तिगत जानकारी (जस्तै : स्वास्थ्य तथा बायोमेट्रिक डेटा) संकलन गर्दैनौं।

जानकारी संकलन प्रयोगको उद्देश्य

हामी तपाईंको जानकारी निम्न उद्देश्यका लागि प्रयोग गर्छौं :

– समाचार, न्युजलेटर र व्यक्तिगत सामग्री प्रदान गर्न।

– वेबसाइट र सेवाहरूको गुणस्तर सुधार गर्न।

– कानूनी दायित्व पूरा गर्न वा धोखाधडी रोक्न।

– प्रयोगकर्तासँग सम्पर्क गर्न।

जानकारी साझा

– निम्न अवस्थामा बाहेक हामी तपाईंको व्यक्तिगत जानकारी तेस्रो पक्षसँग साझा गर्दैनौं :

– तपाईंको स्पष्ट सहमति प्राप्त भएमा,

– कानूनी आवश्यकता वा अदालतको आदेश अनुसार,

– हाम्रा सेवा प्रदायकहरू (जस्तै: टेक्निकल सपोर्ट कम्पनीहरू) सँग, जसले डेटा संरक्षण सम्झौताहरू पालना गर्छन्।

डेटा संरक्षण

– हामी तपाईंको जानकारीलाई अनधिकृत पहुँच, हानि, वा दुरुपयोगबाट जोगाउन प्रशासनिक, प्राविधिक, र भौतिक सुरक्षाका उपायहरू अपनाउँछौं।

– यद्यपि, कुनै पनि डिजिटल प्रणाली पूर्ण रूपमा सुरक्षित हुँदैन, र हामी डेटा प्रसारणको क्रममा पूर्ण सुरक्षा सुनिश्चित गर्न सक्दैनौं।=

प्रयोगकर्ताको अधिकार

नेपालको व्यक्तिगत गोपनीयता ऐन २०७५ अनुसार, तपाईंसँग निम्न अधिकार छन् :

– आफ्नो व्यक्तिगत जानकारी पहुँच गर्न, सुधार गर्न, वा मेटाउन अनुरोध गर्न।

– डेटा प्रशोधनमा आपत्ति जनाउन वा सहमति फिर्ता लिन।

– डेटा उल्लङ्घनको अवस्थामा सम्बन्धित जिल्ला अदालतमा उजुरी दायर गर्न।

कुकिज ट्र्याकिङ

– हामी वेबसाइट प्रयोगको विश्लेषण र सुधारका लागि कुकिज प्रयोग गर्छौं। तपाईं आफ्नो ब्राउजर सेटिङमार्फत कुकिज अस्वीकार गर्न सक्नुहुन्छ, तर यसले वेबसाइटको केही सुविधाहरूलाई असर गर्न सक्छ।

अन्तर्राष्ट्रिय डेटा स्थानान्तरण

– हाम्रा सेवाहरू नेपालको कानूनअनुसार सञ्चालित छन्। यदि तपाईं नेपालबाहिरबाट नेपाल न्युज हेर्दै हुनुहुन्छ भने, तपाईंको डेटा नेपालमा स्थानान्तरण र प्रशोधन हुन सक्छ। हामी GDPR (EU) जस्ता अन्तरराष्ट्रिय मापदण्डहरू पालना गर्छौं।

गोपनीयता नीति परिवर्तन

– हामी यो नीतिलाई समय-समयमा अद्यावधिक गर्न सक्छौं। परिवर्तनहरू वेबसाइटमा प्रकाशित गरिनेछ र ठूलो परिवर्तनको हकमा यहाँहरूलाई सूचित गरिनेछ।

सम्पर्क

गोपनीयता सम्बन्धी प्रश्न वा उजुरीका लागि:

इमेल : [email protected]

ठेगाना : सिद्धार्थ कम्प्लेस, बबरमहल (हनुमानस्थान), काठमाडौँ

फोन : ९७७-०१५३१३४५६/५३१३४४४

नेपाल न्युज : प्रयोगका सर्तहरू

नेपाल न्युजको वेबसाइट, मोबाइल एप, र अन्य डिजिटल सेवाहरू प्रयोग गर्नुअघि कृपया यी सर्तहरू ध्यानपूर्वक पढ्नुहोस्। यी सर्तहरूले तपाईं र नेपाल न्युजबीचको सम्बन्धलाई नियमन गर्छ। हाम्रा सेवा प्रयोग गरेर, तपाईं यी सर्तहरू स्वीकार गर्न सहमत हुनुहुन्छ।

सेवाहरूको प्रयोग

– अनुमति : तपाईं व्यक्तिगत, गैरव्यावसायिक उद्देश्यका लागि हाम्रा सेवा प्रयोग गर्न सक्नुहुन्छ। सामग्रीको अनधिकृत पुनःप्रकाशन, वितरण, वा व्यावसायिक प्रयोग निषेध छ।

प्रतिबन्धित गतिविधि :

– हाम्रो वेबसाइटमा गैरकानूनी, अपमानजनक, वा भ्रामक सामग्री पेश गर्न निषेध छ।

– हाम्रा प्रणालीहरूमा अनधिकृत पहुँच, ह्याकिङ, वा डेटा उल्लङ्घनको प्रयास गर्न निषेध छ।

उपयोगकर्ता सामग्री :

तपाईंले पेश गरेको सामग्री (जस्तै: टिप्पणी, लेख) मा तपाईंको स्वामित्व रहन्छ, तर तपाईं नेपाल न्युजलाई गैर-विशेष, रोयल्टी-मुक्त प्रकाशन अनुमति प्रदान गर्नुहुन्छ।

बौद्धिक सम्पत्ति

– हाम्रा सबै सामग्री (लेख, तस्बिर, भिडियो, डेटा, इन्फोग्राफिक्स) नेपाल न्युज वा सम्बन्धित पक्षको बौद्धिक सम्पत्ति हो। बिनाअनुमति प्रतिलिपि, पुनःप्रकाशन, वा परिमार्जन निषेध छ।

– तपाईंले पेश गरेको सामग्री मौलिक र तेस्रो पक्षको बौद्धिक सम्पत्ति अधिकार उल्लङ्घन नगर्ने हुनुपर्छ।

दायित्व सीमा

– हामी सत्य, तथ्य र निष्पक्ष समाचार प्रदान गर्न प्रतिबद्ध छौं, तर सामग्रीको पूर्ण शुद्धताको सुनिश्चितता गर्न सक्दैनौं।

तेस्रोपक्ष लिङ्कहरू

– हाम्रो वेबसाइटमा तेस्रो-पक्ष वेबसाइटका लिङ्क हुन सक्छन्। हामी ती वेबसाइटहरूको सामग्री वा गोपनीयता अभ्यासहरूको जिम्मेवारी लिँदैनौं।

प्रयोगको समाप्ति

– हामी यी सर्तहरू उल्लङ्घन गर्ने प्रयोगकर्ताको पहुँचलाई कुनै पनि समय निलम्बन वा समाप्त गर्न सक्छौं।

– तपाईं कुनै पनि समयमा हाम्रा सेवाहरू प्रयोग बन्द गर्न स्वतन्त्र हुनुहुन्छ।

लागू कानून

भूलसुधार नीति

हाम्रा पाठकहरूको विश्वास हाम्रो सबैभन्दा ठूलो सम्पत्ति हो। यो विश्वास हामी हरेक दिन सही, प्रमाणित, र तथ्यमा आधारित पत्रकारितामार्फत कमाउने छौं।

यद्यपि, अञ्जानवश कहिलेकाहीँ भूल हुन गएमा, भाषिक अशुद्धता वा तथ्यका कारण पाठकमा भ्रम सिर्जना हुन पुगेमा हामी त्यसलाई तत्कालै सच्याउने छौं। गल्ती स्वीकार्नु र त्यसलाई सुधार गर्नु हाम्रो पत्रकारिता र प्रतिष्ठा दुवैका लागि अत्यावश्यक छ। नेपाल न्युज समयमै गल्ती सच्याउन कहिल्यै हिचकिचाउँदैन। सार्वजनिक धारणा वा पाठकको हामीप्रतिको विश्वास घट्न नदिन हामी सच्याइएका विषयमा पारदर्शी हुनेछौं।

सशक्त सम्पादकीय सुरक्षाका बावजुद हुने सानो वा ठूलो, हरेक गल्ती सुधार्दै हामी जवाफदेही र इमान्दार पत्रकारिता मलजल गर्नेछौं। हामी सम्बन्धित वेबपेजमै गल्ती स्वीकार्ने छौं र सुधार्ने छौं।

गुनासो कसरी गर्ने

यदि तपाईंलाई हामीबाट गलत वा भ्रामक सूचना प्रकाशित भएको छ भन्ने लाग्छ भने तलका विवरणहरू पठाउनुहोस् :

गुनासो पेश गर्दा तपाईं थप जानकारी वा स्पष्टीकरणको लागि तुरुन्त प्रतिक्रिया दिनेमा सहमत हुनुहुन्छ।

गुनासो निवारण प्रक्रिया

हाम्रो सिद्धान्तहरू

सम्पर्क

सुधार वा गुनासो पेश गर्न कृपया ई-मेल गर्नुहोस् :

[email protected]

स्रोतसम्बन्धी नीति

स्रोतहरू नै विश्वासिलो पत्रकारिताका मेरुदण्ड हुन्। हामी सकेसम्म सूचना कहाँबाट आएको हो भन्नेबारे खुला रहन्छौँ तर आवश्यक पर्दा गोपनीयतालाई सुरक्षित राख्छौं। हामी संवेदनशील जानकारी दिने व्यक्तिको गोपनीयता बनाइराख्छौं र सुरक्षा गर्छौं।

यो नीतिले नेपाल न्युजलाई ठूला समाचार उजागर गर्न, लुकेका सत्यतथ्य बाहिर ल्याउन र सत्तालाई जवाफदेही बनाउने आशा गरेका छौं।

स्रोतको सुरक्षा

गोप्य स्रोत

प्रमाणीकरण श्रेय

स्रोतसँग व्यवहार

नेपाल न्युजका पत्रकारका लागि अनिवार्य नियम :

  1. नामसहित वा गुमनाम स्रोत—सबैको जानकारी प्रमाणीकरण गर्ने।
  2. गोप्य स्रोतमा भर पर्नुको कारण पाठकलाई स्पष्ट गर्ने।
  3. सम्पादकीय निगरानी र नैतिक मूल्याङ्कनलाई सधैं पालन गर्ने।

सामाजिक सञ्जाल नीति

फेसबुक, युट्युब, एक्स (ट्विटर), इन्स्टाग्राम, लिंक्डइन र टिकटकजस्ता सामाजिक सञ्जाल समाचार संप्रेषण र संवादका लागि उपयोगी हुन्छन्। नेपाल न्युजले सामाजिक सञ्जाललाई पत्रकारिता, पारदर्शिता र संवादका लागि सशक्त साधनको रूपमा स्वीकार पनि गर्छ। यद्यपि, नेपाल न्युजले आफ्ना पत्रकार वा कर्मचारीहरूले गर्ने व्यक्तिगत सामाजिक सञ्जाल पोस्टहरूको जिम्मेवारी लिँदैन। उनीहरूको निजी खातामा व्यक्त विचार, टिप्पणी वा सामग्री पूर्ण रूपमा व्यक्तिगत मानिनेछ र नेपाल न्युजको आधिकारिक धारणा ठानिने छैन।

यस नीतिको उद्देश्य सामाजिक सञ्जालको जिम्मेवार प्रयोग सुनिश्चित गर्नु हो। यसले पत्रकारहरूले यी प्लेटफर्मका अवसरहरू उपयोग गर्ने क्रममा व्यावसायिक आचारसंहिता, निष्पक्षता र पाठकको विश्वासलाई सुरक्षित राख्ने आधार बनाउँछ।

मूल सिद्धान्तहरू

आधिकारिक खाता प्रयोग

संलग्नता सुरक्षा

प्रकाशन प्राथमिकता

जवाफदेहिता

नेपाल न्युज : एआई आचारसंहिता निर्देशिका

बदलिँदो प्रविधिलाई आत्मसात गरेर नै नेपाल न्युजको स्थापना भएको थियो। त्यसकारण हामी नेपालकै पहिलो अनलाइन समाचार पोर्टल बन्न सफल भयौं। यसको अर्थ के पनि हो भने नेपाल न्युज प्रविधिमा भएका विकास र उपक्रमहरूलाई जिम्मेवारपूर्वक आत्मसात गर्नेछ। अहिलेको युग एआईको हो। एआईलाई अँगाल्दै जिम्मेवार पत्रकारिताको अभ्यास अगाडि बढाउने र मानक पत्रकारिता गर्ने हाम्रो ध्येय हो।

यद्यपि, एआई कुन हदसम्म प्रयोग गर्ने? यसको प्रयोगलाई हुबहु वेबपेजमा उतार्ने कि मानवीय वा सम्पादकीय नियमन गर्ने? यी अहम् प्रश्न हुन्।

नेपाल न्युज एआईलाई सहायक मात्र ठान्दछ। सम्पादकीय दक्षतालाई नै र न्युजरूमको विवेकलाई नै प्रधान ठान्दछ।

एआई प्रयोगका मार्गदर्शक सिद्धान्तहरू :

मानवीय निगरानी सम्पादकीय नियन्त्रण

– एआईलाई पत्रकारको प्रारम्भिक काममा मात्र सीमित हुनुपर्दछ। र एआईका सामग्री पनि प्रकाशनपूर्व समीक्षा अनिवार्य छ।

पारदर्शिता खुलासा

–  एआई सम्पादकीय निर्णयमा आधारित हुनुपर्छ।

उचित प्रयोग एआईलाई सम्पत्ति

– एआईद्वारा सिर्जित सामग्रीले बौद्धिक सम्पत्ति अधिकार र उचित प्रयोगको पालना गर्नुपर्छ।

एआई आधारित दृश्य सामग्री

गोपनीयता डेटा सुरक्षा

– व्यक्तिलाई ट्र्याक वा अनैतिक विश्लेषण गर्न एआई प्रयोग गर्न सकिँदैन।

पूर्वाग्रह भेदभाव

– एआई आधारित सामग्रीमा पूर्वाग्रह वा भेदभावको समीक्षा गर्नुपर्छ।

– जाति, लिङ्ग, धर्म वा पहिचानविरुद्ध पक्षपाती सामग्री उत्पादन गर्न निषेध छ।

सुरक्षा नैतिक प्रयोग

– यस्ता सामग्रीले गलत सूचना वा सार्वजनिक सुरक्षामा हानि पुर्याउनु हुँदैन।

– पत्रकारले नैतिक उल्लङ्घन रोक्न सावधानी अपनाउनुपर्छ।

जवाफदेहिता सुधार

– यस्ता सामग्रीको सम्पादकीय जिम्मेवारी नेपाल न्युजको हुन्छ।

– त्रुटि भेटिएमा तत्काल सुधार गरी पाठकलाई स्पष्ट जानकारी दिनुपर्छ।

तालिम क्षमता विकास

– पत्रकारलाई एआईको नैतिक प्रयोगबारे नियमित तालिम दिइनेछ।

सम्पादकीय निगरानी

– सम्पादकीय टोलीले एआई आचारसंहिताको कार्यान्वयन र सामग्रीको समीक्षा गर्छ।

– नीतिहरू समय-समयमा अद्यावधिक गरिन्छ।

कार्यान्वयन समीक्षा

– यी निर्देशिकाहरू प्रविधिक विकाससँगै समय-समयमा समीक्षा र अद्यावधिक गरिनेछ।

लेख सम्बन्धी मापदण्ड

नेपाल न्युजले विचारमूलक र मौलिक लेखहरूलाई प्राथमिकता दिनेछ। लेखक, विज्ञ वा आम पाठकले समाचार, ज्वलन्त मुद्दा र सार्वजनिक सरोकारका विषयमा दृष्टिकोण प्रस्तुत गर्न सक्छन्। हाम्रो उद्देश्य तथ्यमा आधारित सशक्त बहस र लोकतान्त्रिक संवादलाई प्रोत्साहन गर्नु हो।

सामान्य मापदण्ड

सम्पादकीय मापदण्ड

– लेखको तथ्य, स्पष्टता र सम्पादकीय मापदण्डअनुसार समीक्षा गरिन्छ।

– व्याकरण, शैली र तार्किक प्रवाहका लागि सम्पादन हुन्छ, तर लेखकको मुख्य तर्क वा आवाज परिवर्तन हुँदैन। प्रमुख सम्पादन लेखकसँग स्वीकृत गरिन्छ।

– लेख प्राप्त भएको जानकारी इमेलमार्फत दिइन्छ। एक साताभित्र जवाफ नआएमा लेख प्रकाशित नहुने मानिन्छ।

– छद्म नाम वा नामविहीन लेख स्वीकार्य हुँदैन।

समीक्षा निर्णय प्रक्रिया

– अधूरा खाका वा प्रस्ताव स्वीकार्य हुँदैन; पूरा लेख मात्र समीक्षा गरिन्छ।

– सम्पादकले आवश्यक परेमा लेखकलाई समाचारमा आधारित टिप्पणी लेख्न अनुरोध गर्न सक्छन्।

– संशोधित लेख पुनः समीक्षा गरिन्छ।

– प्रकाशन समय सम्पादकीय भार र समाचारको प्रासंगिकतामा निर्भर हुन्छ।

– एउटै लेख अन्यत्र एकैसाथ पठाउन निषेध छ। दोहोरिएमा लेखकलाई स्थायी रूपमा हटाइनेछ।