दीपक शर्मा, नेपाल वायुसेवा निगमले किनेका एयरबस–३३०–२०० सिरिजका दुई जहाजको बिक्रेता कम्पनी एएआर कर्पोरेसनका तत्कालीन प्रतिनिधि। नेपाली मूलका बेलायती नागरिक शर्माकै अगुवाइमा यो ‘डिल’ भएको थियो। सात वर्षअघिको यस व्यापारिक सौदाबाजीको तरंग अहिलेसम्मै गुन्जिरहेको छ। त्यो पनि नेपालमा मात्रै होइन, अमेरिकासम्मै।
तिनै दीपक शर्मासँग नेपालन्युजका प्रधान सम्पादक प्रशान्त अर्यालले साउनको तेस्रो साता बेलायतको लन्डनमा भिडियो वार्ता गरेका छन् :