काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

बार्सिलोनाले नयाँ सिजनमा लगातार दोस्रो जित

८ भाद्र २०८२
अ+
अ-

काठमाडौं। स्पेनिस ला लिगामा बार्सिलोनाले लेभान्टेसँग ३–२ को रोमाञ्चक जित दर्ता गरेको छ। गएराति भएको खेलमा बार्सिलोनाले पहिलो हाफमा २–० ले पछि परेको अवस्थामा दोस्रो हाफमा शानदार पुनरागमन गरे।

लेभान्टेका इभान रोमेरोले १५औं मिनेटमा र जोसे लुइस मोरालेसले पहिलो हाफको इन्जुरी समयमा पेनाल्टी गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा पेड्रीले ४९औं मिनेटमा गोल गर्दै खेल फर्काए भने फेरान टोरेसले ५२औं मिनेटमा बराबरी गोल गरे।

खेलको इन्जुरी समयमा लामिन यामालको क्रसमा लेभान्टेका उनी एल्गेजाबालको आत्मघाती गोलले बार्सिलोनालाई ३–२ को विजयी बनायो। नयाँ सिजनमा यो बार्सिलोनाको लगातार दोस्रो जीत हो र यससँगै उनी शीर्ष स्थानमा उक्लिएका छन्।