काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

नेपाल ‘ए’ टोलीले आगामी अगस्ट २६ देखि सेप्टेम्बर ३ सम्म भारतमा खेल्ने

८ भाद्र २०८२
अ+
अ-

काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार भारत भ्रमणका लागि नेपाल ‘ए’ क्रिकेट टोलीको घोषणा गरेको छ। टोलीको नेतृत्व विकेटकिपर ब्याट्सम्यान अनिल साहले गर्नेछन्।

नेपाल ‘ए’ टोलीले असाम प्रान्तको टिमविरुद्ध गुहाटीमा पाँच टी–२० खेलको श्रृंखला खेल्नेछ। नेपाल ‘ए’ टोलीले आगामी अगस्ट २६ देखि सेप्टेम्बर ३ सम्म भारतमा खेल्ने तालिका तय गरेको छ। कप्तान अनिल साहको नेतृत्वमा आदिल आलम, सन्दीप जोरा, पवन सर्राफ, विवेकुमार यादव लगायतका खेलाडी टोलीमा रहेका छन्।

नेपाल ‘ए’ टोलीका सदस्यहरू:
अनिलकुमार साह (कप्तान, विकेटकिपर), शुभ कंसकार, इशान पाण्डे, देव खनाल, सन्दीप जोरा, आदिल आलम अन्सारी, पवन सर्राफ, विवेकुमार यादव, कमलसिंह ऐरी, बसिर अहमद, आकाश चन्द, सागर ढकाल, अर्जुन घर्तीमगर (विकेटकिपर), तृतराज दास, शेर मल्ल, युवराज खत्री।