म्यानचेष्टर युनाइटेड र फुलहाम १–१ को बराबरीमा अंक बाँडे
काठमाडौँ। एभर्टनले इङ्लिस प्रिमियर लिगमा ब्राइटन एण्ड होभ एल्भियनमाथि २–० गोलअन्तरले जित हासिल गर्दै सिजनको पहिलो सफलता दर्ता गरेको छ।
आइतबार राति एभर्टनको घरेलु मैदान, हिल डिकिन्सन रगंशालामा सम्पन्न खेलमा पहिलो हाफको २३ औँ मिनेटमा इलिमान एनडियायेको गोलले घरेलु टोलीलाई अग्रता दिलाएको थियो। खेलको ५२ औँ मिनेटमा जेम्स गार्नरले दोस्रो गोल गर्दै एभर्टनको अग्रता दोब्बर बनाए।
एभर्टनको दुवै गोलमा ज्याक ग्रिलिसले निर्णायक पास प्रदान गरे। म्यानचेष्टर सिटीबाट लोनमा एभर्टन आएका ज्याकले पहिलो पटक सुरुवाती अवसर पाएका थिए र टोलीलाई महत्वपूर्ण ३ अंक दिलाउन सक्षम बने।
यस्तै, गएराति म्यानचेष्टर युनाइटेड र फुलहामबीच १–१ को बराबरी भएको छ। क्रिष्टल प्यालेस र नटिङघम फरेष्टबीच पनि १–१ को परिणामसहित अंक बाँडिएको छ।