काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

९ भाद्र २०८२
अ+
अ-

काठमाडौं। तरबारले केक काटेको आरोपमा पक्राउ परेर छुटेका गोपाल मोक्तान फेरि पक्राउ परेका छन्। रेश लामा भनेर चिनिने मोक्तानलाई प्रहरी वृत्त गौशालाको टोलीले आइतबार साँझ चाबहिलस्थित ए वान क्याफेबाट पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार जनक कार्कीले कुटपिटको निवेदन दिएपछि मोक्तानलाई पक्राउ गरिएको बताए। रेस्टुराँमा दुईबीच विवाद हुँदा मोक्तानले कार्कीलाई कुटपिट गरेको जाहेरी वृत्तमा छ।

दोलखा बैतेश्वर गाउँपालिका-३ घर भई काठमाडौं-७ सुकेधारा बस्ने ३९ वर्षीय मोक्तान गत माघ २३ गते तरबारले केक काटेर आतंक फैलाएको आरोपमा पक्राउ परेका थिए। त्यतिबेला उनीमाथि प्रहरीले केही सार्वजनिक अपराधको मुद्दामा अनुसन्धान गरेको थियो।