प्रचण्ड–विप्लव भेटवार्ताले पार्टी एकता र मोर्चाको समन्वयमा सकारात्मक संकेत
काठमाडौँ। माओवादी केन्द्रका अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेत्रविक्रम चन्द ‘विप्लव’बीच सोमबार हरिसिद्धिमा भेटवार्ता भएको छ।
प्रचण्डले पार्टी स्थायी समितिले एकता गर्न लागेको निर्णयलाई सकारात्मक रूपमा अघि बढ्ने विश्वास व्यक्त गरेका छन्। विप्लवले आफ्नो तर्फबाट पार्टीको केन्द्रीय समितिको भदौ २२ गते हुने बैठकमा अन्तिम निर्णय हुने जानकारी दिएका छन्।
भेटमा दुई नेताले समाजवादी मोर्चालाई अझ प्रभावकारी बनाउने विषयमा पनि छलफल गरेका थिए। प्रचण्डका सचिव र विप्लव पक्षका स्रोतअनुसार, भेटमा राजनीतिक छलफलभन्दा बढी कृषि फार्मको अवलोकन र पारिवारिक संवादमा समय बिताइएको थिए।