काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

म्याड्रिडले रियल ओभिएडोलाई ३–० को फराकिलो अन्तरले पराजित

९ भाद्र २०८२
अ+
अ-

काठमाडौँ। स्पेनिस ला लिगामा रियल म्याड्रिडले उत्कृष्ट खेल प्रस्तुत गर्दै रियल ओभिडोलाई पराजित गरेको छ।

गएराति इस्टाडियो मुनिसिपाल कार्लोस टार्टिएरेमा सम्पन्न खेलमा म्याड्रिडले रियल ओभिएडोलाई ३–० को फराकिलो अन्तरले पराजित गर्‍यो। म्याड्रिडका लागि एम्बाप्पेले दुईपटक गोल गर्न सफल भए भने भिनिसियस जुनियरले एक गोल थपे।

खेलको ३७ औँ मिनेटमा एम्बाप्पेले गोल गर्दै टोलीलाई अग्रता दिलाए भने ८३ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै बढतिलाई दोब्बर बनाए। अन्तिम इन्जुरी समयमा भिनिसियसले गोल गर्दै म्याड्रिडको जित पक्का गरे।

यस परिणामसँगै म्याड्रिडले दुई खेलमै ६ अंक जोड्दै लिग तालिकाको शीर्ष स्थान कब्जा गरेको छ। त्यस्तै, लगातार हार खेपेको ओभिएडो १९औँ स्थानमा पुगेको छ।