काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१० भाद्र २०८२
अ+
अ-

काठमाडौं। सरकार यसअघि गरेको इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णयबाट पछाडि हट्दै स्वैच्छिक रुपमा जडान गर्ने व्यवस्था गरेको छ।

यातायात व्यवस्था विभागले मंगलबार जारी गरेको विज्ञप्तिमा सवारी दर्ता, नामसारी र नवीकरणका क्रममा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने व्यवस्था भए पनि अब तत्काल बाध्यकारी नभई इच्छाअनुसार जडान गर्न सकिने स्पष्ट पारेको छ।

विभागका अनुसार यातायात व्यवस्था ऐन, २०४९, नियमावली २०५४ र मन्त्रिपरिषद्का निर्णयअनुसार प्रणाली लागू भए पनि असोज १ पछि जरिवाना गर्ने भन्ने भ्रम फैलाइएको बताइएको छ। विभागले तत्काल कुनै कारबाही वा जरिवाना नगर्ने र सुविधा अनुसार जडान गर्न सकिने जनाएको छ।

त्यस्तै, इम्बोस्ड नम्बर प्लेटमार्फत संकलित तथ्याङ्क विदेशीको हातमा पुग्ने र राष्ट्रिय सुरक्षामा खतरा हुने भनाइ आधारहीन भएको विभागको दाबी छ। विभागले सम्पूर्ण विवरण तथा तथ्याङ्क आफ्नै डाटा सुरक्षा केन्द्रमा सुरक्षित राखिएको भन्दै यसबारे आशंका नगर्न आग्रह गरेको हो ।