काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१० भाद्र २०८२
अ+
अ-

काठमाडौं। आज भाद्र शुक्ल तृतीया अर्थात हरितालिका तीज पर्व मनाइने दिन। सत्य युगमा आजैको दिन पार्वतीले निराहार व्रत बसी महादेव स्वामी पाएको कथा छ। तीजको दिन व्रतालुले शिव–पार्वतीको विशेष पूजा आराधना गर्दछन्।

आज बिहानैदेखि पशुपतिनाथ मन्दिर लगायतका शिवालयहरूमा व्रतालुहरूको घुइँचो लागेको छ।

भाद्र शुक्ल तृतीयाको दिन शिव–पार्वतीको विशेष पूजा आराधना गर्दा मनोकामना पूरा हुने र परिवारमा सुख, शान्ति र कल्याण हुने धार्मिक विश्वास छ। कतिपय व्रतालुहरू आज निराहर व्रत बस्ने गर्छन तर, निहारा व्रत बस्नुपर्ने नरहेको धर्मशास्त्रका जानकारहरू बताउँछन्।

अटल सौभाग्यको कामनाका लागि, सन्तानप्राप्तिका लागि व्रत बस्ने परम्परा छ।

तीजको अवसरमा पशुपतिनाथ मन्दिरमा बिहानैदेखि व्रतालुहरू जम्मा भएर शिव–पार्वतीको पूजा गरी नाचगान गरेर रमाइलो गरिरहेका छन्।