काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१० भाद्र २०८२
अ+
अ-

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेडरल रिजर्भ बैंककी गभर्नर लिसा कुकलाई बर्खास्त गर्ने निर्णय गरेका छन्।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसियलमा पत्र प्रकाशित गर्दै कुकलाई केन्द्रीय बैंकको बोर्ड अफ गभर्नर्सबाट तत्काल हटाउने घोषणा गरेका हुन्।

उनमाथि भ्रामक र आपराधिक गतिविधिमा संलग्न भएको आरोप लागेको छ। ट्रम्पको दाबी अनुसार, कुकले सुरुमा मिशिगनस्थित घरलाई प्राथमिक निवास भनेर कागजातमा हस्ताक्षर गरेकी थिइन् र त्यसको दुई हप्तापछि जर्जियामा अर्को घरलाई पनि प्राथमिक निवासको रूपमा दर्ता गरेकी छिन्।

यस विषयमा अहिलेसम्म कुक र फेडरल रिजर्भले कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन्। गत सातासम्म कुकमाथि हाउजिङ फाइनान्स एजेन्सीका प्रमुखले मोर्गेज धोखाधडीको आरोप लगाएका थिए। कुकले यसअघि ट्विटरमा उठेका प्रश्नहरूको जवाफ दिने र जबर्जस्ती पदमुक्त नहुने बताएकी थिइन्।

लिसा कुक सन् २०२२ देखि फेडरल रिजर्भ बोर्डमा कार्यरत छिन् र उनी बोर्डमा बस्ने पहिलो अश्वेत महिला हुन्।