काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

११ भाद्र २०८२
अ+
अ-

काठमाडौं। परराष्ट्र मन्त्रालयका उपसचिव भुवन पौडेलको भुटान : यात्रा एक, अनुभूति अनेक पुस्तक विमोचन भएको छ। बुधबार साँझ बालुवाटारमा एक कार्यक्रमका बीच  पुस्तक विमोचन भएको हो।

भुटानका पूर्वआर्थिक तथा प्राकृतिक स्रोतमन्त्री लोकनाथ शर्मा, नेपालका लागि कुवेतका पूर्वराजदूत मधुवन पौडेल, पूर्ववनमन्त्री यदुवंश झा, भुटानका पर्यटन व्यवसायी भीम शर्मालगायतले सामूहिक रूपमा पुस्तक विमोचन गरे।

गत वर्ष असारमा चार दिने भ्रमणमा गएका बखत आफूले देखेको-भोगेको बहुआयामिक पक्षलाई समेटेर पुस्तक तयार पारेको पौडेलले बताए। “यात्राका क्रममा सकेसम्म जानकारीहरू टिपोट गर्ने र यात्रापछिका अनुभवलाई समेटेर भुटानको भौगोलिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक पक्षहरूको बारेमा वर्णन गरेको छु,” पौडेलले भने।

भुटानका पूर्वमन्त्री शर्माले नेपालमा आएको बखत भुटानको बारेमा लेखिएको किताब विमोचन गर्न पाउँदा खुसी लागेको बताए। पूर्वराजदूत पौडेलले आफूले परराष्ट्र क्षेत्रमा रहँदा कुनै पनि यस्ता खालका किताब ल्याउन नसकेको भन्दै किताबले भुटानका ऐतिहासिक पक्षहरूलाई उजागर गरेको बताए।