काठमाडौं। पछिल्लो तीन घण्टामा काठमाडौं उपत्यकाको उत्तरी क्षेत्रमा मुसलधारे वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार तीन घण्टामा बूढानीलकण्ठमा ५३ मिलिमिटर, कपनमा ४९.८ मिलिमिटर, सुन्दरीजलमा ४७.६ मिलिमिटर र धापमा २३.२ मिलिमिटर पानी परेको छ।
जसमध्ये अधिकांश पानी पछिल्लो एक घण्टामा परेको हो। पानीको कपन, भक्तपुरको सिर्जनानगर क्षेत्र जलमग्न भएको छ। मौसम विज्ञान विभागका अनुसार देशका विभिन्न भागका निश्चित स्थानहरूमा वर्षा भइरहेको छ। विभागका अनुसार धरानमा पछिल्लो ६ घण्टामा ६० मिलिमिटर वर्षा भएको छ।
त्यसैगरी झापाको शनिश्चरेमा ६६ मिलिमिटर हुँदा सुरुङामा भने १.८ मिलिमिटर मात्रै वर्षा भएको छ।