काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१२ भाद्र २०८२
अ+
अ-

काठमाडौं। मधेस प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश झा (राजेश अहिराज) लाई थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेशलाई उच्च अदालत पाटनले सदर गरेको छ। उच्च अदालतका मुख्य न्यायाधीश लालबहादुर कुँवर र न्यायाधीश खडानन्द तिवारीको इजलासले उक्त आदेशलाई कायम राखेको हो।

अहिराजमाथि ०८१ जेठ ४ गते काठमाडौंमा आफ्नै डेरामा एक महिलामाथि बलात्कार गरेको आरोप छ। सोही आरोपमा गत साउन ४ गते पक्राउ परेका उनलाई प्रहरी प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालय काठमाडौँले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश पिताम्बर शर्माको इजलासले साउन १४ गते अहिराजलाई थुनामा पठाउने आदेश गरेको थियो। सो आदेशविरुद्ध अहिराजले उच्च अदालतमा वेरितको निवेदन दर्ता गरेका थिए। तर उच्च अदालतले जिल्ला अदालतकै आदेशलाई सदर गरेसँगै उनी हालसम्मकै अवस्थामा डिल्लीबजार कारागारमा रहने भएका छन्।