काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१२ भाद्र २०८२
अ+
अ-

काठमाडौँ। बाढी पूर्वानुमान महाशाखाले देशका केही जिल्लामा आकस्मिक बाढीको जोखिम उच्च रहेकाले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाका अनुसार आज कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र तिनका सहायक नदीहरूको बहाव सतर्कता तहभन्दा तल छ। तर आज बिहान ५ बजेदेखि भोलि बेलुकी ५ बजेसम्मको पूर्वानुमानअनुसार यी नदीमा जलस्तर बढ्ने अपेक्षा गरिएको छ।

कर्णाली, रजैय्या, पश्चिम राप्ती, कुसुम, बबई,  पश्चिम सेती, तमोर, त्रिवेणी, अरुण, सिम्ले, सप्तकोशी, चिसापानी, असाराघाट,  हम्पचुवार, नारायणी, देवघाट, त्रिशुली, बेत्रावती, बुढीगण्डकी, दैलेख, कालिगण्डकी, कुमालगाउँ,दुधकोशी, रसुवाबजार, तामाकोशी, बुस्ती, सुनकोशी, आरुघाट, मर्स्याङ्दी, विमल नगर,  चतरा, भेरी, सम्सिझट, दिपायल, महाकाली, पारिगाउँ, कन्काई, मैनाचुली, कमला नदी, वेलसोत, बागमती, पधेराडोभान, पूर्वी राप्ती, चेपाड जस्ता स्थानहरूमा जलस्तर उल्लेख्य बढ्ने अनुमान गरिएको छ।

बाजुरा, बर्दिया, म्याग्दी, रुकुम, जाजरकोट, अछाम, भक्तपुर, लमजुङ, कास्की, बागलुङ,डडेलधुरा, बैतडी, दार्चुला,डोटी, कास्की, पर्वत, बागलुङ, म्याग्दी, रुकुम, कैलाली, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, लमजुङ, कास्की, पर्वत,  बझाङ,  कञ्चनपुर लगायतका जिल्लामा स–साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ।