काठमाडौं। बिहीबार नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च रेकर्ड कायम गरेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेर प्रतितोला १ लाख ९९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बुधबार सुन प्रतितोला १ लाख ९९ हजारमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि बिहीबार प्रतितोला १० रुपैयाँले बढेको छ। यससँगै चाँदीको मूल्य २३५५ रुपैयाँमा पुगेको छ।