काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१२ भाद्र २०८२
अ+
अ-

किभ। युक्रेनको राजधानी किभको केन्द्रमा रुसले गरेको हवाई हमलामा कम्तीमा १९ जनाको मृत्यु भएको छ ।

यो युक्रेनमाथि रुसी आक्रमणको दोस्रो सबैभन्दा ठूलो हवाई हमला मानिएको छ। किभका १० वटै जिल्लाका ३३ स्थानमा हमलाका कारण क्षति पुगेको जनाइएको छ ।

हमलामा सहरको एक सपिङ मलसहित करिब १ सय भवनहरूमा क्षति पुगेको छ । हमलामा युरोपेली संघ र ब्रिटिश काउन्सिलका भवनहरूमा समेत क्षति पुगेको छ। यूक्रेनी वायुसेनाले रातभर ६ सय २९ हवाई हमलाका हतियार प्रयोग भएको जनाएको छ, जसमा ५ सय ९८ ड्रोन र ३१ मिसाइल हमला रहेको छ।

यूक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले यसलाई “सांकेतिक र जानबुझेर गरिएको नागरिक हत्याकाण्ड” भनेका छन्। घटनापछि युरोपेली आयोग प्रमुख उर्सुला भोन डेर लेयेनले रुसी आक्रमण “भयानक आतंक” भएको बताइन्।