काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१२ भाद्र २०८२
अ+
अ-

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीले अष्ट्रेलियाको साउथ अस्ट्रेलियाविरुद्धको पहिलो अभ्यास खेलमा हार ब्यहोरेको छ।

बिहीबार बिहान सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको १४७ रनको लक्ष्य साउथ अस्ट्रेलियाले अन्तिम बलमा चौका प्रहार गर्दै पूरा गर्‍यो र ३ विकेटले विजयी बन्यो।

साउथ अस्ट्रेलियाका ब्याट्सम्यान निक विन्टरले उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक ३६ रन बनाए। बलिङतर्फ नेपालका सोमपाल कामीले तीन विकेट लिए भने नन्दन यादवले दुई र कप्तान रोहित पौडेलले एक विकेट हात पारे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा नौ विकेट गुमाउँदै १४६ रन बनाएको थियो। नेपाली टोलीका भीम सार्कीले सर्वाधिक ३२ रनको योगदान दिए।