काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१२ भाद्र २०८२
अ+
अ-

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी शुक्रबार दिउँसो १ बजे प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन्।

बिहीवार सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूसँग गरेको छलफलपछि यसबारे जानकारी गराएका हुन्।

नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेका अनुसार प्रधानमन्त्री ओलीले आसन्न विदेश भ्रमणबारे सदनलाई जानकारी गराउने कार्यसूची रहेको छ।

सो अवसरमा संसद्का आगामी बैठक तथा कार्यसूचीबारे पनि छलफल भएको छ। सहमति अनुसार १३ गतेपछि १८ गते, २५, २६ र २७ भदौमा प्रतिनिधिसभा बैठक बस्ने भएको छ।