काठमाडौं। पहिरो पन्छाएपछि अबरुद्ध बीपी राजमार्गमा सबारी साधन चल्न थालेका छन्।
गएराति रोसी गाउँपालिका(१२ माम्तिमा पहिरो खस्दा बीपी राजमार्गा दुईतर्फी नै अवरुद्ध भएको थियो। जेसीभीको सहायतामा पहिरो पन्छाएपछि बिहीबार बिहानबाट गाडी चलन थालेका जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
गत वर्षको बाढीले क्षतविच्छेद भएको बीपी राजमार्गमा अहिले पनि बाढीपहिरोको उच्च जोखिम छ। बाढीपहिरोको जोमिख देखिएपछि स्थानीय प्रशासनले रातको समयमा यो सडकमा गाडी चलाउन निषेध गर्दै आएको छ।