काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१३ भाद्र २०८२
अ+
अ-

काठमाडौं। राष्ट्रिय सभाको बैठक शुक्रबार दिउँसो १:१५ बजेका लागि आह्वान गरिएको छ।

संसद् सचिवालयका अनुसार बैठकको प्रारम्भ अर्थमन्त्री विष्णु पोडेलसँग हुने मौखिक प्रश्नोत्तरबाट हुनेछ। यस क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको उनी उत्तर दिनेछन्।

त्यसपछि विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दाहालले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ।

यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्ने  तय गरिएको छ।

त्यस्तै, राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले प्रतिनिधि सभाबाट प्राप्त ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१’ सम्बन्धी सन्देश टेबुल गर्नेछन्।