काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१३ भाद्र २०८२
अ+
अ-

काठमाडौं। परराष्ट्रमन्त्री आरजु राणा देउवाले सुदूरपश्चिम प्रदेशमा उपलब्ध अथाह सम्भावनाका क्षेत्रहरुमा लगानी गर्न विदेशी लगानीकर्ताहरूलाई आग्रह गरेकी छन्। सुदूरपश्चिम प्रदेश सरकारद्वार आगामी नोभेम्बर १७- १८ मा सुदूरपश्चिमको धनगढीमा अयोजना गर्न लागेको ‘सुदूरपश्चिम लगानी तथा विकास सम्मेलन’को तयारीस्वरूप आज परराष्ट्र मन्त्रालयमा आयोजित बैठकमा उनले यस क्षेत्रमा लगानी गरेर मुनाफा कमाउन वैदेशिक लगानीकर्ताहरूलाई आग्रह गरेकी हुन्।

नेपालस्थित विभिन्न देशका राजदूत एवं प्रतिनिधिहरूसमेत उपस्थित सो बैठकमा मन्त्री राणाले भनिन्, “सुदूरपश्चिम प्रदेश नेपालकै समृद्धिको प्रवेशद्वार हो। यहाँ जलविद्युत् एवं नवीकरणीय ऊर्जा, कृषि, पर्यटन, सीमापार व्यापार, सहरी पूर्वाधार, सूचना प्रविधि र डिजिटल पूर्वाधार, खानी र प्राकृतिक स्रोतमा आधारित उद्योगहहरूको प्रशस्त सम्भावना छ। त्यसैले म स्वदेशी तथा विदेशी लगानीकर्ताहरूलाई लगानीका लागि आह्वान गर्दछु।”