काठमाडौं। राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले घरेलु मैदानमा बाङ्लादेशसँग हुने दुई मैत्रीपूर्ण खेलका लागि नेपाली टोली घोषणा गरेका छन्। शुक्रबार उनले किरणकुमार चेम्जोङको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेका हुन्।
नेपालले सेप्टेबर ६ र ९ (भदौ २१ र २४ गते) त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बाङ्लादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्दैछ। नेपालले यी खेल एएफसी एसियन कप छनोट २०२७ को तयारीस्वरूप खेल्न लागेको हो। नेपालले छनोटअन्तर्गत भियतनामसँग अक्टोबर ९ र १४ मा दुई खेल खेल्दैछ।
नेपाली टोली
किरणकुमार चेम्जोङ (कप्तान), रोहित चन्द, अनन्त तामाङ, अभिषेक लिम्बू, अञ्जन विष्ट, जलेस्पीजंग कार्की, आदित्य शाक्य, अमित लामा, एरिक विष्ट, दीप कार्की, दिनेश हेन्जन, कुशल देउवा, लाकेन लिम्बू, मणिकुमार लामा, मनीष डाँगी, रनदीप पौडेल, रोहन कार्की, समीर तामाङ, श्रीजनराज गौतम, सुवास ठकुरीबम, सुमन श्रेष्ठ, टिकेन्द्र थापा र योगेश गुरुङ।