काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१३ भाद्र २०८२
अ+
अ-

काठमाडौं। सरकारले विशेष अदालतका अध्यक्ष र सदस्यहरू नियुक्त गरेको छ।

शुक्रबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले न्याय परिषद्को परामर्श अनुसार उच्च अदालतका न्यायाधीश सुदर्शनदेव भट्टलाई विशेष अदालतको अध्यक्षमा तोकेको हो।

त्यस्तै, सदस्यका रूपमा उच्च अदालत जनकपुरको वीरगन्ज इजलासका न्यायाधीश नारायणप्रसाद पौडेल, उच्च अदालत सुर्खेतका न्यायाधीश हेमन्त रावल, जुम्ला इजलासका न्यायाधीश डिल्लीरत्न श्रेष्ठ र वीरगन्ज इजलासका न्यायाधीश उमेश कोइरालालाई चयन गरिएको छ।

विशेष अदालतका पदाधिकारी नियुक्त गर्ने कानुनी प्रावधानअनुसार मन्त्रिपरिषद्ले न्याय परिषद्को सिफारिसमा यो निर्णय लिएको हो।

साउन ३० गते बसेको न्याय परिषद् बैठकले परामर्श दिए पनि, करिब दुई सातापछि मन्त्रिपरिषद्ले औपचारिक निर्णय गरेको हो।