काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१३ भाद्र २०८२
अ+
अ-

काठमाडौं। आज २०८२ साल भदौ १३ गते शुक्रबार। भाद्र शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन् २०२५ अगष्ट २९ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

मेष: प्रेममा केही असन्तुष्टि भए पनि मिलाउँदै अघि बढ्न सकिनेछ। व्यापारमा मन्दी आउने संकेत छ। बोलेको कुरा पूरा गर्न नसक्दा सहकर्मी तथा आफन्तबाट आलोचना हुन सक्छ। खानपानमा ध्यान नदिँदा स्वास्थ्यमा समस्या आउने सम्भावना छ।

बृष: पढाइ लेखाइमा मन जानेछ र राम्रो नतिजा ल्याउन सकिनेछ। व्यापार व्यावसाय फस्टाउनेछ तर अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दी आउनेछ। राजनीतिकर्मी तथा समाजसेवीहरुले जनताको काम गरी नाम कमाउनेछन्। नोकरिमा सहकर्मीलाई पछि पार्दै सम्मान पाउने योग छ।

मिथुन: साझपख समय राम्रो रहनेछ। प्रेममा नजिक हुन सकिनेछ। काम गर्नेहरुलाई समयले साथ दिनेछ । तर समय तथा कामको तालमेल नमिल्दा अरुभन्दा पछि पर्न सकिन्छ। अध्ययनमा ध्यान नजाँदा अरुकै पोल्टामा नतिजा पर्नेछ। खानपानमा ध्यान नदिँदा स्वास्थ्य समस्या र औषधि खर्च बढ्नेछ।

कर्कट: पढाइ लेखाइमा मन जानेछ भने प्रेम जीवन अझ मजबुत बन्नेछ। साझपख कष्टकर यात्रा सम्भव छ। व्यापार व्यवसाय फस्टाउनेछ। मनपर्ने वस्तुको प्रयोग गर्न पाइनेछ जसले मन प्रसन्न बनाउनेछ। धन र सम्पत्तिको प्रयोग गरी आम्दानी बढाउन सकिनेछ।

 सिंह: शुभचिन्तक तथा परिचित व्यक्तिबाट सहयोग पाइनेछ। कार्यक्षेत्रमा राम्रो काम गरी नाम र दुवै दाम कमाउन सकिनेछ। पुराना विवाद सुल्झाउन तपाईँको भूमिका महत्वपूर्ण हुनेछ। लोकप्रियता चुलिनेछ। अध्ययनमा मन जानेछ।

कन्या: व्यापार व्यवसाय फस्टाउनेछ। तर दैनिक काम बीचमै रोकिँदा आर्थिक भार पर्न सक्छ। नाफा कमाउन निकै समय खर्चिनु पर्नेछ। प्रेममा धोका हुने संकेत छ भने आश्वासन दिनेहरु सक्रिय हुनेछन्।

तुला: पढाइमा पर्याप्त समय दिएमात्र राम्रो नतिजा हात लाग्नेछ। लगानी गर्न केही समय कुर्नु उपयुक्त हुनेछ। आफन्तबीच मनमुटाव सिर्जना हुन सक्छ । स्वास्थ्यमा समस्या आएर उपचार खर्च बढ्ने सम्भावना छ।

वृश्चिक: साथीभाइ तथा इष्टमित्रबाट उपहार प्राप्त हुनेछ। प्रेम जीवनमा नजिक हुने अवसर आउँछ र पति–पत्नीबीच विश्वास बढ्नेछ । पढाइ लेखाइमा ध्यान जानेछ र अरुलाई पछि पार्दै राम्रो नतिजा ल्याउन सकिनेछ।

धनु:साथीभाइ तथा इष्टमित्रबाट सहयोग पाइनेछ जसले व्यवसायमा लगानी बढाउन सहयोग पुर्याउनेछ। न्यायिक निर्णयहरु तपाईँकै पक्षमा हुनेछन्। पढाइ लेखाइमा अलिकति समय दिए पनि नतिजा आफुतर्फै आउँछ।

मकर: व्यापारमा लगानी गर्न केही समय पर्खनु राम्रो हुनेछ। अध्ययनमा ध्यान नजाँदा महत्वपूर्ण उपलब्धी गुम्न सक्छ, सचेत रहनुहोला। प्रेममा रमाउन चाहनेका लागि समय सामान्य हुनेछ। समस्या आउन सक्छ, सावधानी अपनाउनुहोला।

कुम्भ: साझपख समय राम्रो रहनेछ। अध्ययनमा मन जानेछ र नतिजा आफ्नो पक्षमा ल्याउन सकिनेछ। व्यापारमा मन्दी भए पनि घरजग्गा तथा सवारीसाधन कारोबारबाट राम्रो आम्दानी हुनेछ। परिवारको सदस्यको स्वास्थ्यमा समस्या आउन सक्छ। प्रेममा आज नजिक नहुनु नै राम्रो हुनेछ।

 मीन: अध्ययन अध्यापनमा मन जानेछ, उत्कृष्ट नतिजा हासिल गर्न सकिनेछ। व्यापार व्यवसाय फस्टाउनेछ। विवादित विषय हल हुनेछन् र न्यायिक निर्णय तपाईँकै पक्षमा आउने। साझपख आफन्तसँग मनमुटाव बढ्न सक्छ, ध्यान दिनुहोला।