काठमाडौं। अष्ट्रेलिया भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले एक दिवसीय अभ्यास खेलमा दक्षिण अष्ट्रेलियालाई दुई विकेटले पराजित गरेको छ।
यसअघि टस जितेर ब्याटिङको आमन्त्रण पाएको साउथ अष्ट्रेलिया ४५ ओभरमै २४२ रनमा समेटिएको थियो। विपक्षी पक्षका ह्यारी मानेन्ती ६३ रनसहित सर्वाधिक योगदानकर्ता बने भने दुवित हूगानबोजमले ५३ रन जोडे। त्यसैगरी रायन किङले ३५ रन र म्याकेन्जी हार्भेले २४ रन बनाए।
बलिङतर्फ नेपालका नन्दन यादव र सोमपाल कामी उत्कृष्ट प्रदर्शनमा देखिए। नन्दनले पाँच ओभरमा मात्र १५ रन खर्चेर तीन विकेट झारे भने सोमपालले समान ओभरमा २१ रन दिँदै तीन विकेट लिए। यस्तै, सन्दीप लामिछाने, शाहब आलम र रुपेश सिंहले एक–एक विकेट हात पारे।