काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१५ भाद्र २०८२
अ+
अ-

काठमाडौं। चर्चित गायन रियालिटी शो ‘नेपाल आइडल’को छैटौं सिजनको उपाधि सिन्धुपाल्चोककी गंगा सोनामले जितेकी छन्। आइतबार राति काठमाडौंमा आयोजित ग्राण्ड फिनालेमा उनले अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि हात पारिन्।

गंगा सोनामले विजेता बन्दै नगद २५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरिन्। फस्ट रनरअप घोषित भएकी बबिता थापामगरले १० लाख रुपैयाँ हात पारिन् भने सेकेन्ड रनरअप दर्शना गान्धारीले ५ लाख रुपैयाँ जितिन्।

यस्तै, अभिनय खाती र मृनल मानन्धर क्रमशः चौथो र पाँचौं स्थानमा रहँदै दुबैले १–१ लाख रुपैयाँ पुरस्कार प्राप्त गरे।

फिनालेमा गंगा सोनाम, बबिता थापामगर, दर्शना गान्धारी, अभिनय खाती र मृनल मानन्धरबीच निकै कडा प्रतिस्पर्धा भएको थियो। निर्णायकको मूल्यांकन र दर्शकको भोटका आधारमा गंगाले उत्कृष्ट प्रदर्शन गर्दै ‘नेपाल आइडल सिजन ६’ को उपाधि जितेकी हुन्।