काठमाडौं। रुपन्देही–३ मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारीका लागि प्रतिस्पर्धामा रहेका ९ जना प्रारम्भिक उम्मेदवार आज पार्टी सभापति रवि लामिछानेलाई भेट्न नक्खु कारागार जाँदै छन्।
रास्वपाका नेता प्रमोद न्यौपानेका अनुसार ती उम्मेदवारहरू बिहान ११ बजे ललितपुरस्थित नक्खु कारागार पुग्ने कार्यक्रम छ। उनीहरूले सभापति लामिछानेसँग प्रत्यक्ष भेटवार्ता गरेर पार्टीको उम्मेदवार चयन प्रक्रियाबारे छलफल गर्ने तयारी गरेका छन्।
प्रारम्भिक उम्मेदवारमा पार्थिवेन्द्र उपाध्याय र उनकी श्रीमती उमा अधिकारी, सुलभ खरेल, लेखजंग थापा, ज्ञानु पौड्याल, जितबहादुर गुप्ता ९जेबी०, कुसुम महर्जन, रचना क्षेत्री र मधु अर्याल रहेका छन्।