काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१५ भाद्र २०८२
अ+
अ-

काठमाडौं। नेपाल आयल निगमले डिजेल, मट्टितेल र आन्तरिक उडानमा प्रयोग हुने हवाई इन्धनको मूल्य घटाउने निर्णय गरेको छ। नयाँ मूल्य आगामी आइतबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ।

निगमका कार्यकारी निर्देशक चण्डिका प्रसाद भट्टका अनुसार डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ४ रुपैयाँले घटाइएको छ भने आन्तरिक हवाई इन्धनको मूल्य १ रुपैयाँले कम गरिएको छ। तर, पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ।

भारतीय आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद दरअनुसार डिजेलमा प्रतिलिटर ३ रुपैयाँ ९६ पैसा, पेट्रोलमा २१ पैसा र हवाई इन्धनमा १ रुपैयाँ ४८ पैसाले लागत घटेपछि निगमले मूल्य समायोजन गरेको हो।

मूल्य समायोजनसँगै काठमाडौं उपत्यकामा डिजेलको खुद्रा मूल्य अब प्रतिलिटर १४४ रुपैयाँ कायम भएको छ। यससँगै अन्तर्राष्ट्रिय उडानमा प्रयोग हुने इन्धनको मूल्य पनि प्रति किलोलिटर ७ अमेरिकी डलरले घटाइएको छ।