काठमाडौं। अमेरिकाले प्यालेस्टीनी राष्ट्रपति महमुद अब्बास र ८० अन्य प्यालेस्टीनी अधिकारीहरूको भिसा रद्द गरेको छ। अमेरिकी विदेश मन्त्रालयले आगामी महिना न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंङ्घको महासभा बैठकमा सहभागी हुनबाट रोक्न प्यालेस्टीनी अधिकारीहरुको भिसा अस्वीकृत र रद्द गरिएको जनाएको छ।
प्यालेस्टीनी राष्ट्रपति कार्यालयले अमेरिकालाई निर्णय पुनर्विचार गर्न अनुरोध गरेको छ भने युरोपेली देशहरूले यसलाई “अविचारपूर्ण” भन्दै आलोचना गरेका छन्। इस्लामिक सहयोग संगठनले यस निर्णयलाई “भेदभावपूर्ण” भनेको छ। इजरायली अधिकारीहरूले भने यो कदमको प्रशंसा गरेका छन्।