काठमाडौं। आज २०८२ साल भदौ १५ गते आइतबार। नेपाली पात्रोअनुसार आज भाद्र शुक्ल अष्टमी तिथि। तद अनुसार अगस्त ३१ तारिक ।
मेष: कुनै नयाँ विषयवस्तु वा प्राविधिक ज्ञानले आकर्षण गरेको समय छ। परिश्रम गर्ने छात्रछात्राले उत्कृष्ट परिणाम प्राप्त गर्नेछन्। व्यक्तित्व निर्माण वा प्रतिष्ठा बृद्धिको कुनै अवसर प्राप्त भएमा त्यसमा लागी पर्नु राम्रो हुन्छ।
बृष: नयाँ ठाउँको छोटो यात्राले आपसी सम्बन्धमा प्रगाढता छाउने छ। सँगै बसेर छलफल गर्ने र मनका इच्छालाई सेयर गर्ने दिन हो। सामाजिक वा परोपकारी काममा मन जानेछ। भाग्यले साथ दिनेछ, बढुवा, प्रशंसा वा प्रतिष्ठा मिल्नेछ।
मिथुन: अस्वस्थताका बावजुद काममा जुट्नै पर्ने परिस्थिति छ। सुस्वास्थ्य र आरामका लागि समय छुट्याउनु तथा पौष्टिक आहारामा ध्यान दिनु ठीक हुन्छ। परीक्षा नजिकै आएको छ भने हरेक कुरा र योजनालाई सार्वजनिक नगर्नु होला। नत्र तपाईंको प्रयास र मिहिनेत खेर जानसक्छ।
कर्कट: पदप्रतिष्ठामा अभिबृद्धि हुनेछ, सबैले सम्मान गर्नेछन्। समयमै कार्य सम्पन्न हुनाले मन हलुका र आनन्दित बन्नेछ, पारिवारिक सुखको योग बनेको छ। मनोरञ्जन, रामरमाइलो, घुमघाम र भेटघाटको समय हो। आफ्ना कुरा थोपर्नु भन्दा पनि पार्टनरको भावना बुझ्नु जाती हुन्छ।
सिंह: थोरै लाभका लागि समेत धेरै मिहिनेत गर्नुपर्ने परिस्थिति देखिन्छ। खासगरी इलेक्ट्रिकल, सञ्चार र धातुका कारोबारीको व्यवसाय उत्तम रहनेछ। पारिवारिक वातावरण सुखशान्तिले भरिपूर्ण देखिन्छ। यद्यपि एकअर्काको भावनाको कदर गर्नु समुचित हुनेछ।
कन्या: मन फुरुङ्ग हुनुका साथै सृजनात्मक क्षमताको प्रस्फुटन हुनेछ। टाढा रहेका आफन्त वा छोराछोरीबाट राम्रो समाचार सुन्न पाइने छ। लगनशीलता र परिश्रमको प्रतिफल पाउने समय हो। परीक्षा वा प्रतियोगितामा सामेल हुनुछ भने अझ बढी मिहिनेत गर्नु ठीक हुन्छ।
तुला: परिबन्द र बाध्यतामा खुम्चनु पर्दा मन निरस बन्नसक्छ, चाहँदाचाहँदै पनि पार्टनरको इच्छानुसार समय दिन नपाउँदा झन नरमाइलो लाग्नसक्छ। नयाँ ज्ञान सिक्ने मौका छ। धैर्य एवं लगनशील बन्नसके हाँके/ताकेको काममा सफलता मिल्नेछ। दिगो लगानीबाट फाइदा हुने दिन हो।
बृश्चिक: दार्शनिकता र चिन्तन प्रति झुकाव बढ्नेछ। कुनै समसामयिक विषयका बारेमा साथीहरूसँग छलफल गर्ने र गम्भीर भएर जानकारी बटुल्ने दिन हो। बन्धुवान्धव र छरछिमेकका काममा सघाउनुपर्ने परिस्थिति छ। त्यस्तै खाँचो परेमा उनीहरूबाट सहयोग लिन पनि सकिने छ।
धनु: धनप्राप्तिको योग बनेको छ। स्थिर प्रयोजनको लगानीका लागि अनुकूल समय छ। पछिसम्म फाइदा हुने कुनै काम सम्पन्न हुनेछ। बहुमूल्य वस्तु र पुराना चिजबीज सङ्कलन गर्न मन लाग्छ। गरेको कामको सर्वत्र प्रशंसा हुनेछ। सिनियर स्टाफ र सेवाग्राही दुवै पक्षलाई सन्तुष्ट तुल्याउन सकिने छ।
मकर: मानसिक चिन्ता बढेपनि श्रमको उचित मूल्याङ्कन हुनेछ। आफन्तको प्रगतिले मन रमाउनेछ। कार्यक्षेत्रमा व्यस्त रहँदा गर्नैपर्ने काममा बाधा हुनेछ। व्यवस्थापकीय कमी कमजोरी हटाउन प्रयास गर्ने दिन हो। नयाँ कामको थालनी गर्न कामदार र सहयोगीको सुझाव लाभप्रद रहनेछ।
कुम्भ: टेक्निकल वा मिलमेसिनरीको काममा सफलता पाउनुका साथै सामाजिक क्षेत्र वा वित्तीय संस्थाबाट सहयोग जुटाउन सकिने राम्रो दिन छ। तरल पदार्थको कारोवार, खाद्य पदार्थ, सौन्दर्य प्रसाधनका वस्तुहरू र फलफूल/तरकारीको व्यवसायमा विशेष लाभ हुने दिन हो।
मीन: लगनशीलता र मिहिनेतको पुरस्कार हातपार्ने तथा आत्मविश्वास र सुदृढ लक्ष्यका कारण सफलतातर्फ अग्रसर भइने सुन्दर समय छ। रचनात्मक र सिर्जनात्मक सोचका कारण कार्यक्षेत्रमा अद्भूत परिणाम प्राप्त हुनेछन्। पदोन्नति हुने वा विशेष जिम्मेवारी पाउन सकिने समय हो।