काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१६ भाद्र २०८२
अ+
अ-

अफगानिस्तान। पूर्वी अफगानिस्तानमा गएराति ६ म्याग्निच्यूडको भूकम्प गएको छ। जसमा कम्तीमा २० जनाको मृत्यु र १०० भन्दा बढी घाइते भएका छन्।

भूकम्प स्थानीय समयअनुसार राति ११:४७ मा पाकिस्तानको सीमा नजिक गएको बीबीसीले जनाएको छ। ८ किलोमिटर गहिराइको मुख्य भूकम्पपछि ४.५–५.२ म्याग्निच्यूडका कम्तीमा तीन परकम्पन पनि आएको छ। भूकम्पको कम्पन काबुलदेखि पाकिस्तानको इस्लामाबादसम्म महसुस भएको थियो।

प्रभावित क्षेत्र दुर्गम र पहाडी भएकाले मृतक संख्या बढ्न सक्ने अनुमान छ। बाढी र पहिरोले सडकहरू बन्द भएका कारण उद्धार कार्यमा कठिनाइ आएको छ। स्थानीय अधिकारीहरूले मानवीय संस्थाहरूलाई उद्धारमा सहयोग गर्न आग्रह गरेका छन्।