काठमाडौँ
००:००:००
१२ फाल्गुन २०८२, मंगलवार

१६ भाद्र २०८२
अ+
अ-

काठमाडौँ। ला लिगा अन्तर्गत बार्सिलोना गएराति भएको खेलमा रायो भालेकानोससँग १–१ गोलको बराबरीमा रोकिएको छ।

यससँगै बार्सिलोनाले अंक बाँडेको छ। खेलाडी लामिन यामालले ४०औं मिनेटमा पेनाल्टी गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। डिफेन्डर पेप चाभारियाले उनलाई फाउल गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए। जसलाई यामालले सजिलै गोलमा परिणत गरे। तर भिएआर नचलेका कारण उक्त निर्णय पुनःजाँच गर्न सकिएन।

तर ६७औं मिनेटमा रायोका फ्रान पेरेजले गोल गर्दै घरेलु टोलीलाई बराबरीमा ल्याए र हारबाट जोगाए। तीन खेलपछि बार्सिलोना ७ अंकसहित तालिकाको चौथो स्थानमा रहँदा। रायो ४ अंकसहित १०औं स्थानमा रहेको छ।