काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१६ भाद्र २०८२
अ+
अ-

काठमाडौं। नेपाल प्रहरीका निरीक्षक (इन्सपेक्टर) बुद्धि सुवेदीको गजल कातिल नजरको भिडियो सार्वजनिक भएको छ। गायक प्रमोद खरेलको स्वर र ध्रुव विस्को विश्वकर्माको संगीत रहेको गीतको भिडियो शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो।

हेमन्त भट्टाराई निर्माता रहेको भिडियोमा चिरञ्जीवी सापकोटा (जीबी चिरन) र अश्विनी शाहीको मुख्य भूमिका रहेको छ भने विकास खनाल, सोहज खान, रोशन विश्वकर्मा, जगदीश रेग्मी, भरत शाही ठकुरी र कृष्ण सापकोटाले साथ दिएका छन्।

गीतको अरेन्ज, मिक्सिङ तथा मास्टरिङ नरेन्द्र बियोजीले गरेका हुन् भने रेकर्डिङ सामुएल थामीले वेभ स्टुडियोमा गरेका हुन्। भिडियोको कोरियोग्राफी सुरेन्द्र बासेलको रहेको छ। दिन्सन शाहले सम्पादन र रङ संयोजन गरेका भिडियोको छायांकन दिनेश पराजुलीको टोलीले गरेको हो। गीतको भिडियो आश्रिया क्रियशनको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।