काठमाडौँ
००:००:००
१० पुष २०८२, बिहीबार

१७ भाद्र २०८२
सांकेतिक तस्बिर
अ+
अ-

काठमाडौँ। मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो र राति देशका सबै प्रदेशमा वर्षा हुने सम्भावना रहेको छ।

लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मंगलवार सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा र कोशी, बागमती, गण्डकी प्रदेश, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

देशभर साधारणतया बदली रहनेछ । कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।