काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१७ भाद्र २०८२
अ+
अ-

काठमाडौँ। गोरखाको अजिरकोट गाउँपालिका-३ हंशपुर केन्द्रबिन्दु भएर आज बिहान ६:१५ बजे चार रेक्टरस्केलको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार भूकम्पको धक्का महसुस भएको भए पनि अहिलेसम्म ठूलो क्षति वा जनधनको हानीको विवरण आएको छैन।

यसअघि, भदौ १ गते रामेछापको हेलम्चो आसपास पनि चार रेक्टरस्केलको भूकम्प गएको थियो। नेपाल हिमालय क्षेत्रमा पर्ने भएकाले भूकम्पको जोखिम उच्च रहेको बताइन्छ। पछिल्लो समय देशभर साना र मध्यम आकारका भूकम्पको घटना क्रम निरन्तर जारी छ।